लैङ्गिक उत्तरदायी बजेट निमार्ण गर्न माग

-



     सफल आवाज    
     चैत्र २८ गते २०७९ मा प्रकाशित



पोखरा, २८ चैत्र । आगामि बजेट निति तथा कार्यक्रममा लैङ्गिक उत्तरदायी बजेट निमार्ण गर्न माग गरिएको छ । मंगलबार पोखरामा बिजय बिकास केन्द्र नवलपुरको आयोजना तथा सयपत्री समाज पोखराको सहआयोजनामा आयोजित एक दिवसीय कार्यशालामा उक्त माग गरिएको हो ।

कार्यक्रममा पोखरा बिश्वबिद्यालयका उपप्रध्यापक सुरेन्द्रबाबु तिवारी र युवराज त्रिपाठीले ‘लैङ्गिक उत्तरदायित्व बजेट निमार्ण, यसको बर्तमान अभ्यास र आवश्यकता’को बारेमा कार्यपत्र प्रस्तुत गरे। लैङ्गिक समानता तथा सामाजिक समाबेशिकरण परिक्षण हुनु पर्नेमा उनिहरुको जोड थियो ।

प्रस्तुत कार्यपत्रमाथि बिभिन्न समूह बनाएर छलफल गरिएको थियो । प्रदेश नीति तथा योजना आयोग गण्डकीका सदस्य डा.शान्ता खत्रीले लैङ्गिक उत्तरदायी बजेटको बारेमा चर्चा गरिन् । उनले लैङ्गिक उत्तरदायी बजेट बढाउन आवश्यक रहेको जनाइन्।

पृथ्वीनारायण क्याम्पसका अर्थशास्त्र बिभागका प्रमुख प्राध्यापक लेखनाथ भट्टराईले लैङ्गिक उत्तरदायी बजेटकाे अवधारणा, अभ्यास र चुनौतिहरुमा बारेमा प्रस्तुतिकरण राखे ।

बिजय बिकास केन्द्रका अध्यक्ष लक्ष्मी गौतमले लैङ्गिक उत्तरदायी बजेट निमार्णकाे अहिलेको अवस्थामा केहि नीति बनेको बताइन् । तर बास्तबिक तल्लो तहसम्म पहुचँ नपुगेको जनाईन्। कार्यक्रमबाट आएका सुझाव र निष्कर्षलाई प्रदेश सरकार समक्ष पेस गर्ने बताइन् ।

कार्यक्रममा गण्डकी प्रदेशसभाका सचिवालय सचिव हरिराज पोख्ररेल, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यलय गण्डकी प्रदेशका निमित्त सचिव मनमाया भट्टराई पंगेनी, मुख्यमन्त्री कार्यलयका सचिव शम्भु रेग्मी, सामाजिक बिकास मन्त्रालयका सचिव हेमराज सुवेदी लगाएतले लैङ्गिक उत्तरदायी बजेट निमार्णका बिषयमा बोलेका थिए ।

कार्यक्रमकाे संचालन सयपत्री समाजका निर्देशक तथा अधिवक्ता गिरधारी सुवेदीले गरेका थिए ।