
काठमाडौं, ३० चैत । अघिल्लो दुई दिन लगातार उकालो लागेको सेयर बजारमा साताको अन्तिम कारोबार हुने दिन बिहिबार करेक्सन भएको छ । याे दिन बर्षकाे अन्तिम काराेबारकाे दिन पनि हाे ।
बुधबार ९२ अंकको बृद्धि देखिएको नेप्सेमा यसदिन २९.०७ अंकको गिरावट भएको छ । लामाे समयदेखि नेप्सेमा सुधार नआउदा लगानीकर्ताहरुको मनोबल उच्च हुन सकेको छैन । तर यस प्रकारको गिरावट आउनु सामान्य नै भएको सेयर बजारका जानकारहरु बताउँछन् ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २९.०७ अंकले घटेर १९३४.४७ को विन्दुमा झरेको छ । नेप्सेमा १.४८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ५.७२ अंकले घटेर ३६७.९८ विन्दुमा रहेको छ ।
यस दिन १३ वटै उपसमूहहरु राताम्मै भएका छन् । उनीहरु सबैको सेयर घटेको छ । नेप्सेका अनुसार कुल २७० कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ४९ लाख १३ हजार ७०२ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ६५ करोड ३३ लाख ३४ हजार ६६५ रुपैयाँ ७७ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको ८ करोड ४२ लाख ८६ हजार ५४ रुपैयाँ २० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै आदर्श लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम २ को सेयरमूल्य घटेको छ । सो सेयरमूल्य ५.५० प्रतिशतले घटेको हो ।
सेयर बजारमा अहिले केहि सकारात्मक विश्लेषण पनि हुन थालेका छन् । नयँ वर्षको आगमनसंगै एकल अंकमा आउने बैंककाे ब्याजदरको कारण त्यसको प्रभाव बजारमा पर्नेछ । महंगो ब्याजदरको कारण कर्जा प्रवाह हुन सकेको छैन । राष्ट्र बैंकले पनि अर्थतन्त्रमा सुधारका संकेत आईरहेको बताएको छ ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




