महालेखा प्रतिवेदन: १ खर्ब १९ अर्ब ७७ करोड बढी बेरुजु

-



     सफल आवाज    
     वैशाख १ गते २०८० मा प्रकाशित



काठमाडौं, १ वैशाख । नेपाल सरकार अन्तरगत संघ, प्रदेश र स्थानीय तहको कुल बेरूजु रकम १ खर्ब १९ अर्ब ७७ करोड ७० लाख रुपैयाँ रहेको छ।
महालेखा परीक्षकको कार्यालयले बिहीबार सार्वजनिक गरेको ६० औं प्रतिवेदनमा आर्थिक वर्ष ०७८०७९ मा सो रकम बेरूजु देखाएको हो।

महालेखाले ६ हजार ५ सय ४६ सरकारी कार्यालयको लेखापरीक्षण गरेको थियो। महालेखाले संघीय मन्त्रालय तथा निकाय, प्रदेश सरकार, स्थानीय सरकार र संगठित संस्थाहरुको लेखापरीक्षण गरेको थियो।

यो वर्ष ६ हजार ५४६ सरकारी निकायको ७१ खर्ब ३८ अर्ब १६ करोड रुपैयाँको लेखापरीक्षण गरिएको थियो। यस वर्ष बेरूजु प्रतिशत १।६८ प्रतिशत देखिएको कार्यालयले जनाएको छ।

अब कूल बेरूजु रकम ५ अर्ब ८७ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ। यस्तैअद्यावधिक बेरूजु गत वर्षको भन्दा २१.४५ प्रतिशत बढेको महालेखाले जनाएको छ ।