सुनको भाउ आज पनि स्थिर, चाँदीमा गिरावट

-



     सफल आवाज    
     वैशाख ५ गते २०८० मा प्रकाशित



काठमाडौं, ५ वैशाख । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार पनि नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा भने गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन छापावाल सुनको भाउ स्थिर रहेर कारोबार भईरहेको छ । चाँदीमा १५ रुपैयाँले गिरावट भएको छ ।

छापावाल सुन तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार पनि छापावाल सुन तोलाको १ लाख १० हजार रुपैयाँमा नै कारोबार भएको थियो । सोमबार सुन स्थिर भाउमा कारोबार भएको थियो ।

तेजाबी सुन पनि यसदिन तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार पनि तेजाबी सुन तोलाको १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो । सोमबार तेजाबी सुन स्थिर भाउमा कारोबार भएको थियो ।

महासंघका अनुसार आज चाँदीमा रुपैयाँ १५ ले गिरावट भई तोलाको १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।