विदेशी मुद्रा साट्दै हुनुहुन्छ ? यस्तो छ आजकाे विनिमय दर

-



     सफल आवाज    
     वैशाख ६ गते २०८० मा प्रकाशित



काठमाडौं, ६ वैशाख । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आज निर्धारित दरभाउ अनुसार अमेरिकी डलरको भाउ बढेको छ । अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ९७ पैसा बिक्रीदर १३१ रुपैयाँ ५७ पैसा रहेको छ ।

आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैया १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ ।

यूरो १ को खरिददर १४३ रुपैयाँ ६६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ३२ पैसा रहेको छ । बेलायती पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ८६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६१ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४६ रुपैयाँ ११ पैसा र बिक्रीदर १४६ रुपैयाँ ७८ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २६ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६७ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँ ८९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३४ पैसा रहेको छ । सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ३१ पैसा र बिक्रीदर ९८ रुपैयाँ ७६ पैसा रहेको छ ।

आजको मूल्यसूची यस्तो छ :