१७.१२ प्रतिशतले बढ्याे फर्स्ट माइक्रोफाइनान्सकाे नाफा

-



     सफल आवाज    
     वैशाख ६ गते २०८० मा प्रकाशित



काठमाडौं, ६ वैशाख । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाकाे नाफामा बृद्धि भएकाे छ । संस्थाकाे प्रकाशित चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको विवरण अनुसार खुद नाफामा गत आर्थिक वर्षकोभन्दा बृद्धि भएकाे हाे।

लघुवित्तले चैत मसान्तसम्ममा १९ करोड ४५ लाख रुपैयाँ खुद नाफा कमाएकाे छ। यो नाफा गएकाे वर्षको सोही अवधिकोभन्दा १७.१२ प्रतिशतले बढी हो। गएकाे वर्ष यस्ताे नाफा रु १६ करोड ६१ लाख रुपैयाँ थियो। लघुवित्तकाे नाफामा सुधार हुनुकाे कारण खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेकाेले भएकाे हो।

संस्थाकाे खुद ब्याज आम्दानी ३.४२ प्रतिशत बढ्दा सञ्चालन आम्दानी भने १७.७५ प्रतिशत घटेको छ। इम्पेरमेन्ट चार्ज ४ करोड ३५ लाख रुपैयाँबाट घटेर १ करोड ५८ लाख रुपैयाँ रहेकाे छ। सञ्चालन मुनाफामा १०.६८ प्रतिशत बृद्धि भएकाे छ।

लघुवित्तको प्रतिशेयर आम्दानी ३७ पैसा घटेर २२ रुपैयाँ ६० पैसा कायम भएको छ। प्रतिशेयर नेटवर्थ १३७ रुपैयाँ ७३ पैसा रहेकोमा मूल्य आम्दानी रेसियाे २३.८५ गुणा रहेको छ।

लघुवित्तको चुक्ता पूँजी १९ प्रतिशतले बढेको छ । जगेडामा ०.२८ प्रतिशतले बढेको छ भने सापटी १७.६४ प्रतिशत रहेकाे छ । कर्जामा १४.१४ प्रतिशतले घटेको देखिएकाे छ।