रुपैयाँ ५ सयले सस्तियो सुन, चाँदीको भाउ स्थिर

-



     सफल आवाज    
     वैशाख ७ गते २०८० मा प्रकाशित



काठमाडौं, ७ वैशाख । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको भाउ घटेको छ । छापावाल सुन रुपैयाँ ५ सयले घटेको हाे। चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ५ सयले घटेर तोलाको १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १० हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ५ सयले घटेर तोलाको १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख ९ हजार ७ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ आज स्थिर रहेको छ । यसरी भाउ स्थिर रहेको चाँदी यसदिन तोलाको १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ४५ रुपैयाँमा नै कारोबार भएको थियो ।