माई खोला हाइड्रोकाे आईपीओमा आजदेखि आवेदन खुल्ला

-



     सफल आवाज    
     वैशाख ८ गते २०८० मा प्रकाशित



काठमाडौं, ८ वैशाख । माई खोला हाइड्रोपावर लिमिटेडले आजदेखि सर्वसाधारणका लागि सेयर (आईपीओ) जारि गरेकाे छ । कम्पनीले सर्वसाधारणका लागि १२ लाख ६९ हजार ४११ कित्ता सेयरमा आवेदन खुलाएकाे हाे ।

यसअघि कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगार गएका नेपालीहरुका लागि सेयर निष्काशन गरिसकेकाे छ ।

जारी पूँजी ३९ करोड २९ लाख ५६ हजार रुपैयाँको ३९ प्रतिशतले हुने १५ करोड २९ लाख रुपैयाँ बराबरको १५ लाख २९ हजार ४११ कित्ता सेयर निष्काशनका लागि रहेकाे थियो। त्यसबाट ७६ हजार ४७९ कित्ता सामूहिक लगानी कोषका लागि बाँडिसकिएकाे छ । ३० हजार ५८८ कित्ता कर्मचारीहरुका लागि रहेकाे छ । सर्वसाधारणले बाँकी रहेकाे १२ लाख ६९ हजार ४११ कित्ताका लागि आवेदन दिन पाउनेछन्।

सेयर भर्न इच्छुक लगानीकर्ताले घटीमा १० तथा बढीमा ५० हजार कित्ताका आवेदन दिन पाउनेछन्। यसका लागि बैशाख १२ गतेसम्म आवेदन दिन पाइनेछ। ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा बैशाख २४ गतेसम्म आवेदन दिन पाइनेछ ।

सेयरमा लगानीका लागि लगानीकर्ताले सेबाेनबाट अनुमति पाएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्थाहरु र तोकिएका शाखाबाट आवेदन दिन पाउनेछन्।

कम्पनीले ३ मेगावाटको सुपरमाई क्यासकेड जलविद्युत आयोजनाको सञ्चालन गरिरहेको छ । यसकाे निर्माण सकिदासम्मकाे लागत ६१ करोड १३ लाख ९२ हजार ६७५ रुपैयाँ रहेको जनाइएकाे छ।

प्रति मेगावाट लागत २० करोड ३७ लाख ९७ हजार ५५८ रुपैयाँ रहेको छ। लगानी फिर्ता हुने समयावधि १०.०१ वर्ष रहेको छ । उत्पादन अनुमति साडे ३० वर्ष बाँकी छ। यसकाे उत्पादन २०७७ असार ३१ गतेदेखि शुरु भएकाे हाे ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ।