एशियन लाइफकाे सेयरमूल्य नेप्सेमा समायाेजन

-



     सफल आवाज    
     वैशाख ८ गते २०८० मा प्रकाशित



काठमाडौं, ८ बैशाख । एशियन लाइफ इन्स्योरेन्सकाे सेयरमूल्य आज नेप्सेमा समायाेजन भएकाे छ । इन्स्योरेन्सले साधारण सभा र लाभांश वितरणकाे प्रयोजनकाे लागि बुकक्लोज गरेपछि सेयरमूल्य समायोजन गरेर नयाँ मूल्य कायम गरिएकाे हाे ।

कम्पनीकाे ८.५ प्रतिशत बोनस सेयर समायोजन भएकाे छ। सेयरमूल्य समायोजनपछि सेयरमूल्य ५६९ रुपैयाँ ५९ पैसा भएको छ। इन्स्योरेन्सकाे अघिल्लो कारोबार बिहीबार प्रतिकित्ता ६१८ रुपैयाँमा भएको थियो। यसैलाई आधार मानेर मूल्य समायाेजन गरिएकाे हाे । यसकाे दोस्रो बजारकमा काराेबार आइतबारबाट शुरु हुनेछ ।

एशियन लाइफ इन्स्योरेन्सकाे १५औं साधारण सभा बैशाख १८ गते होटल क्लासिक सिमरा, बारामा डाकिएकाे छ । सभा बिहान ११ः३० बजे शुरु हुनेछ ।

सभामा चुक्ता पूँजी २ अर्ब ९० करोड ८१ लाख रुपैयाँको ८.५० प्रतिशतले हुने २४ करोड ७१ लख ८९ हजार रुपैयाँ बराबरको बोनस सेयर र त्कयसकाे कर प्रयोजनार्थ ०.४४ प्रतिशतले हुने १ करोड ३० लाख रुपैयाँ नगद लाभांश पारित हुनेछ ।

यस्तै सभामा अधिकृत पूँजी ५ अर्बबाट वृद्धि गरेर ६ अर्ब पुर्याउने, प्रबन्धपत्रकाे संशोधन लगायतका प्रस्तावहरुमाथि छलफल गरी अनुमाेदन गरिनेछ ।