
काठमाडौं, ८ वैशाख । दोल्ती पावर कम्पनीको सेयर (आइपीओ) आज बाँडफाँड गर्न लागिएकाे छ । सेयर बाँडफाँड बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल मार्केटकाे कार्यालयमा अपरान्ह ३ बजे हुनेछ ।
कम्पनीका अनुसार सेयरमा मागभन्दा बढीकाे आवेदन परेकाे छ । आवेदन ११.६० गुणा बढी परेको हाे। यसकाे बाँडफाँड गोलाप्रथाबाट हुने भएकाेले धेरैकाे हात रित्तै हुनेछ ।
कम्पनीले १३ लाख ३९ हजार ४४० जना आवेदकले १ करोड ४७ लाख ६२ हजार २६० कित्ताका लागि सेयरमा आवेदन दिएका जनाएकाे छ । १ लाख २७ हजार १८६ जनाले सेयर पाउनेछन् । ११ लाख ४४ हजार ६७५ जनाकाे हात खालि हुनेछ ।
कम्पनीले चैत २८ गतेदेखि १ करोड ७ लाख २९ हजार ८ सय रुपैयाँ बराबरको १० लाख ७२ हजार ९७२ कित्ता सेयर निष्काशन गरेको थियाे । यसमा ६८ हजार १७ कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ ।
१ लाख ७ हजार २९८ कित्ता वैदेशिक रोजगारीमा रहेकाहरुलाई बाँडिसकिएकाे छ । बाँकी रहेकाे १२ लाख ७१ हजार ८६१ कित्तामा सर्वसाधारणले आवेदन दिएका थिए ।
सेयरकाे बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल मार्केट रहेको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




