
काठमाडौं, १० वैशाख । सिद्धार्थ इन्भेष्टेमन्ट ग्रोथ स्किम ३ को १२ करोड इकाईका लागि आवेदन दिने आज अन्तिम दिन बाँकी रहेको छ। सिद्धार्थ क्यापिटलले साे इकाई चैत २६ गतेदेखि बिक्रीमा ल्याएकाे थियाे ।
१ करोड २० लाख इकाई कोष प्रबर्धक रहेकाे सिद्धार्थ बैंकका लागि रहेकाे छ । ६० लाख इकाई कोषकाे व्यवस्थापक रहेकाे सिद्धार्थ क्यापिटलका लागि रहेकाे छ।
यसमा सर्वसाधारण लगानीकर्ताले १० करोड २० लाख इकाईका लागि आवेदन दिन पाउनेछन्। इकाई खरिद गर्न चाहने लगानीकर्ताले घटीमा १०० तथा बढीमा १ करोड २० लाख इकाईका लागि आवेदन दिन पाउने भएका छन्।
याे योजना एक बन्दमुखि योजना हो। यसकाे आकार रु १ अर्ब २० करोड रुपैयाँकाे रहेकाे छ। कम्पनीका अनुसार घटीमा ६ करोड इकाई बिक्री हुनु पर्नेछ। उक्त इकाईभन्दा कम आवेदन परेमा योजना खारेज हुनेछ । १५ दिनमा लगानीकर्ताकाे रकम फिर्ता दिने प्रक्रिया शुरु हुने भएकाे छ। याेजनाकाे समयावधि १० वर्षको लागि रहेको छ।
इकाईमा लगानीका लागी इच्छुक लगानीकर्ताले सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र तोकिएका शाखाहरुबाट आवेदन दिन पाउनेछन्।
इकाईकाे निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




