
काठमाडौं, १० वैशाख । प्रतिष्ठित व्यवसायीक समूह चौधरी ग्रुपको सीजी डिजिटल को २२औं शाखा पोखरा खुलेको छ । सो समूहले आईतबार पोखरामा आफ्नै विद्युतीय सामग्रीहरुको नयाँ मल्टिब्रान्ड शोरुम सीजी डिजिटल शुरु गरेको हो ।
शाखाको प्रमुख अतिथि पोखरा उपमहानगरपालिका वडा नं २ का अध्यक्ष दिवसमान प्रधानाङग तथा कम्पनीका वरिष्ठ प्रबन्धक बसन्त पालले संयुक्त रुपमा उद्घाटन गरेका थिए ।

सीजी डिजिटलको शोरुममा विश्वका उत्कृष्ट ब्रान्डहरु एलजी, सीजी, टिसीएल, गोदरेज, सेन्सेई, मिडेआ, बेको, केन्ट, एलिका, पिजन र क्रम्पटन लगायतका विभिन्न घरायसी विद्युतीय सामाग्रीहरु उपलव्ध छन् । एलईडी टिभी, वासिङ मेसिन, रेफ्रिजेरेटर, माइक्रो वेभ ओभन लगायतका सामाग्रीहरु रहेका छन् ।

कार्यक्रममा पोखरा उपमहानगरपालिका वडा नं २ का अध्यक्ष प्रधानाङगले पोखराको पूरानो बजारमा बजार बिस्तारको चरण चलिरहेकाे बेलामा सी जी कम्पनी आउनुले व्यवसायिक फड्को मारेको बताए । पूराना मठ तथा मन्दीर, विन्दवासिनी मन्दिर लगायत कला र सस्कृतिले भरिएको क्षेत्रमा व्यवसायिक चहलपहल बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताए ।
सो अवसरमा प्रधानाङ्गले धार्मिक, सामाजिक, सांस्कृतिक रुपले महत्व बोकेको क्षेत्रमा आएकोमा बधाई दिदैं सामाजिक उत्तरदायित्वका क्षेत्रमा कम्पनीले सहयोगको हात बढाउने विश्वास व्यक्त गरे ।
कम्पनीका वरिष्ठ प्रबन्धक बसन्त पालले पोखराको स्थानीय बजारमा आफ्ना गुणस्तरिय समानहरुको शोरुम तथा सुपथ मूल्यमा बिक्रि वितरणका लागि आफुहरु आएको बताए । उनले भने, ग्राहकले अन्तरास्ट्रिय स्तरको सेवा पाउनुहुन्छ । उहाँहरुलाई सही सहजीकरण पनि हुने उदेश्यले शोरुम संचालन गरिएको बताए ।

सी जीका नुडल्सतर्फ सेल्सका सुनिल कुमार सुवेदी तथा पोखरा शाखाका शोरुम म्यानेजर सुमन घिसिङले सम्पूर्ण विद्युतीय सामानहरु, होम एप्लाईन्सेस देखि उच्च मूल्यका सामान रहेको बताए। टिभिमा १९, २० हजारदेखि १० लाख मुल्यसम्म रहेको जानकारी दिए।
आईतबारबाट औपचारिक रुपमा शुरु भएको शोरुम हप्ताको सातै दिन बिहान १०.०० बजे देखि बेलुका ७.३० बजेसम्म खुल्ला हुनेछ ।

सी जी प्लाजा को पहिलो तलामा शोेरुम आकर्षक ढंगले सजाईएको छ । शुभारम्भको अवसरमा विशेष छुटको व्यवस्था रहेको बताईएको छ । पाँचवटा किस्ताबन्दिको सुविधा र आकर्षक फ्री गिफ्टहरु रहेका छन् । कम्पनीले सी जी डिजिटल शोरुम पोखराकै ठूलो र भब्य भएको दाबी गरेको छ ।
सीजी डिजिटलले नेपालको केन्द्रीय राजधानी काठमाडौं लगायत बिराटनगर, इटहरी, हेटाैडा र भरतपुरमा पनि शाखा संचालन गरिसकेको जानकारी दिएको छ । पोखरामा खुलेसंगै कम्पनीका शाखाहरुको संख्या २२ पुगेको छ । कम्पनीले आगामी दिनहरुमा देशका अन्य स्थानमा पनि आफ्ना शाखाहरु बिस्तारको लक्ष्य लिएको जानकारी दिएको छ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




