१९०५ विन्दुमा उक्लियो नेप्से, कारोबारमा शिवम सिमेन्ट अब्बल

-



     सफल आवाज    
     वैशाख १२ गते २०८० मा प्रकाशित



काठमाडौं, १२ वैशाख । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा सुधार भएको छ । नेप्सेमा आएको सकारात्मक परिवर्तनले लगानीकर्तामा उत्साह थपिएको छ ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १७.३६ अंकले बढेर १९०५.६८ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.९२ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ४.२७ अंकले बढेर ३६३.६५ विन्दुमा पुगेको छ ।

यसदिन १३ वटै उपसमूहहरुमध्ये एउटा म्युचुअल फण्डमा मात्रै रातो लागेको छ । यो समूहको सेयर घटेको छ । बाँकी रहेका १२ वटा उपसमूहहरुको सेयर घटेको छ ।

कुल २६४ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको २७ लाख ५७० कित्ता सेयरको खरिदबिक्रीबाट ८८ करोड ५५ लाख ७८ हजार २७० रुपैयाँ ७६ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको ७ करोड ९१ हजार ५५७ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै तारागाउँ रिजेन्सि होटल लिमिटेडको सेयरमूल्य बढेको छ । होटलको सेयरमुल्य ८ प्रतिशतले बढेको हो । सबैभन्दा धेरै सनराइज ब्लुचिप फण्डको सेयरमूल्य घटेको छ । सो फण्डको सेयरमूल्य १० प्रतिशतले घटेको हो ।