नेप्सेमा दोहोरो अंकको गिरावट, कारोबार ७३ करोडमा खुम्चियो

-



     सफल आवाज    
     वैशाख १४ गते २०८० मा प्रकाशित



काठमाडौं, १४ वैशाख । साताको सेयर कारोबार हुने अन्तिम दिन आज बिहिबार पनि नेपाली सेयरबजार नकारात्मक लयमा गएको छ। अझैंपनि सेयरबजार सकारात्मक लयमा जान नसक्दा लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा रहेका छन् ।

दुई बाहेक बाँकी ११ वटै उपसमूहरुमा रातो लागेको छ । उनीहरु सबैको सेयर घटेको हाे । कारोबार रकममा समेत गिरावट भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक २.२७ अंकले घटेर १८८९.७३ विन्दुमा झरेको छ । नेप्सेमा ०.१२ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.४६ अंकले घटेर ३६१.०९ विन्दुमा रहेको छ ।

१३ उपसमूहमध्ये २ वटामा हरियो लागेको छ । बाँकी ११ वटामा राताे लागेको छ। यसदिन कुल २६९ कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको २१ लाख ७४ हजार ९१४ कित्ता सेयरको खरिदबिक्रीबाट ७३ करोड ९६ लाख ५० हजार २४६ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा धेरै एभरेष्ट बैंक लिमिटेडको कारोबार भएको छ । बैंकको ३ करोड ७६ लाख ९१ हजार ४१९ रुपैयाँ १० पैसा बराबरको कारोबार भएको छ ।

सबैभन्दा धेरै सिटिजन्स म्युचुअल फण्ड २ को सेयरमूल्य बढेको छ । सो फण्डको सेयरमूल्य ५.८५ प्रतिशतले बृद्धि भएको छ । सबैभन्दा धेरै एनआइबिएल ग्रोथ फण्डको सेयरमूल्य घटेको छ । सो फण्डको सेयरमूल्य १० प्रतिशतले घटेको हो ।