घट्यो सुनचाँदीको भाउ, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     वैशाख १५ गते २०८० मा प्रकाशित



काठमाडौं, १५ वैशाख । साताकोे सुनचाँदीको कारोबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । छापावाल सुनमा रुपैयाँ ५ सय तथा चाँदीम रुपैयाँ ५ ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ५ सयले घटेर तोलाको १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भईरहेकोछ । यसअघि बिहिबार छापावाल सुनको भाउ तोलाको १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसदिन तेजाबी सुनमा पनि रुपैयाँ ५ सयले घटेर तोलाको १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा आज रुपैयाँ ५ ले घटेर तोलाको १ हजार ४ सय १० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भएको थियो ।