अमेरिकी डलर, यूरोसहित विदेशी मुद्राको विनिमय दर स्थिर

-



     सफल आवाज    
     वैशाख १७ गते २०८० मा प्रकाशित



काठमाडौं, १७ वैशाख । नेपाल राष्ट्र बैंकले आईतबार आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विदेशी मुद्राको दरभाउ अनुसार अमेरिकी डलर तथा यूरोसहित विदेशी मुद्राको भाउ स्थिर रहेको छ ।

आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहेको छ ।

अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ६३ पैसा बिक्रिदर १३१ रुपैयाँ २३ पैसा रहेको छ । यूरो १ को खरिददर १४३ रुपैयाँ ५४ पैसा र बिक्रीदर १४४ रुपैयाँ २० पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६२ रुपैयाँ ७१ पैसा र बिक्रीदर १६३ रुपैयाँ ४६ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४५ रुपैयाँ ७८ पैसा र बिक्रीदर १४६ रुपैयाँ ४५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८५ रुपैयाँ ९९ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३८ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९६ रुपैयाँ १० पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ६८ पैसा र बिक्रीदर ९८ रुपैयाँ १३ पैसा रहेको छ ।

यस्तो छ आजको मूल्यसूची :