सुनचाँदीको भाउमा सामान्य बृद्धि, तोलाको कति पर्छ ?

-



     सफल आवाज    
     वैशाख १७ गते २०८० मा प्रकाशित



काठमाडौं १७ वैशाख । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन नेपाली बजारमा सुनचाँदीको भाउ सामान्य बढेको छ । छापावाल सुनमा रुपैयाँ १ सय तथा चाँदीमा रुपैयाँ ५ ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि शुक्रबार छापावाल सुन तोलाको १ लाख ९ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि तोलामा रुपैयाँ १ सयले बढेर तोलाको १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख ८ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा रुपैयाँ ५ ले बढेर तोलाको १ हजार ४ सय १५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय १० रुपैयाँमा कारोबार भएको थियो ।