
गैँडाकोट, १८ वैशाख । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले गैँडाकोटमा सञ्चालनमा ल्याइएको माैलाकालिका केबलकारकाे अपर स्टेशनमा चार तारे होटल निर्माणको काम तीव्र गतिमा अघि बढिरहेको बताएका छन् ।
साे केबलकारकाे प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज उद्घाटन गरेपछि कार्यक्रममा बाेल्दै ढकालले स्थानीयको साझेदारीमा आइएमइ समूहको ५१ प्रतिशत लगानीमा केबलकार सञ्चालनमा आएको बताए । केबलकारको लागत करिब रु दुई अर्ब रहेको ढकालले बताए।
यही वैशाख १ गतेबाट केबलकार सञ्चालनमा आएकाेमा साेमबार उद्घाटन गरिएकाे हाे । उनले केबलकारको अपर स्टेशनमा चार तारे होटल निर्माण भइरहेकाे र यसकाे काम आगामी छ महिनाभित्र सक्ने बताए ।
६० कोठासहितको सुविधा सम्पन्न होटल सञ्चालनमा आउने जनाउँदै केबलकार र होटलमा गरी करिब दुई सयलाई प्रत्यक्ष रोजगारी सिर्जना गरिने बताए ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




