अमेरिकी डलरको भाउमा सामान्य बृद्धि, अन्यको कस्तो ?

-



     सफल आवाज    
     वैशाख २० गते २०८० मा प्रकाशित



काठमाडौं, २० वैशाख । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।

आज निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर एकको खरिददर १३० रुपैयाँ ७३ पैसा बिक्रिदर १३१ रुपैयाँ ३२ पैसा रहेको छ । यूरो १ को खरिददर १४३ रुपैयाँ ४० पैसा र बिक्रीदर १४४ रुपैयाँ ६ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६३ रुपैयाँ १५ पैसा र बिक्रीदर १६३ रुपैयाँ ९० पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४५ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४६ रुपैयाँ ३२ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ४८ पैसा र बिक्रीदर ८७ रुपैयाँ ८८ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९६ रुपैयाँ ३२ पैसा र बिक्रीदर ९६ रुपैयाँ ७६ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९७ रुपैयाँ ८७ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३२ पैसा रहेको छ ।

यहाँ छ आजको मूल्यसूची