१२ सयले महंगियो सुन, चाँदीकाे भाउमा पनि बृद्धि

-



     सफल आवाज    
     वैशाख २१ गते २०८० मा प्रकाशित



काठमाडौं, २१ वैशाख । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको भाउ बढेको छ । छापावाल सुनमा १२ सयले बढेको हो । चाँदी यसदिन रुपैयाँ २० ले बढेकाे छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ १२ सयले बढेर तोलाको तोलाको १ लाख ११ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार छापावाल सुन तोलाको १ लाख १० हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ १२ सयले बढेर तोलाको १ लाख ११ हजार २५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार तेजाबी सुन तोलाको १ लाख १० हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सेतो धातु चाँदीमा रुपैयाँ २० ले बढेर तोलाको १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भएको थियो ।