घट्यो अमेरिकी डलरको भाउ, अन्यको कस्तो ?

-



     सफल आवाज    
     वैशाख २२ गते २०८० मा प्रकाशित



काठमाडौं, २२ वैशाख । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरकाे भाउ थाेरै घटेकाे छ । अन्यकाे भाउ भने बढेकाे छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ५९ पैसा बिक्रिदर १३१ रुपैयाँ १९ पैसा रहेको छ । यूरो १ को खरिददर १४४ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६४ रुपैयाँ १३ पैसा र बिक्रीदर १६४ रुपैयाँ ८८ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४७ रुपैयाँ ३८ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ १५ पैसा र बिक्रीदर ८७ रुपैयाँ ५५ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९५ रुपैयाँ ९१ पैसा र बिक्रीदर ९६ रुपैयाँ ३५ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ३५ पैसा र बिक्रीदर ९८ रुपैयाँ ८० पैसा रहेको छ ।

आजको मूल्यसूची