नेपाल इन्भेष्टमेन्ट मेगा बैकको ऋणपत्र निष्काशनका लागि प्रभु क्यापिटल बिक्री प्रवन्धकमा नियुक्त

-



     सफल आवाज    
     वैशाख २२ गते २०८० मा प्रकाशित




काठमाडाैं, २२ बैशाख । नेपाल इन्भेष्टमेन्ट मेगा बैकले ऋणपत्र निष्काशनका लागि प्रभु क्यापिटललाइ बिक्री प्रवन्धकमा नियुक्त गरेकाे छ ।

बैकले रु.१०० दरका १० बर्ष अवधिको बार्षिक १० प्रतिशत ब्याजदर रहेको ४०,४०,००० कित्ता बराबरको रु.४,०४,००,००,०० रकमको ऋणपत्र निष्काशन गर्ने कार्यका लागि प्रभु क्यापिटल लिमिटेडलाई ऋणपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हाे ।

सम्झौतामा नेपाल इन्भेष्टमेन्ट मेगा बैक लिमिटेडका तर्फबाट वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत महेश शर्मा ढकाल तथा प्रभु क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरेका छन ।