
पोखरा, २३ वैशाख । थ्राइभ ब्रोकरेज हाउस प्रालि (स्टक ब्रोकर नं.१३)को शाखा कार्यालय तनहुँमा बिस्तार भएको छ । विगत २६ वर्षदेखी घितोपत्र दोस्रो बजारमा सेवा दिदै आएको कम्पनीको शाखा कार्यालयको व्यास नगरपालिका दमौलीमा खाेलिएकाे हाे।
व्यास नागरपालिका प्रमुख बैकण्ठ न्यौपानेले शाखाको उद्घाटन गरेका थिए । १३ वर्ष पहिले पोखरामा शाखा स्थापना गरेको कम्पनीले दमौलीमा दोस्रो शाखा स्थापना गरेको हो ।
शाखा उद्याटनसगै उक्त अवसरमा धितोपत्र सेयर बजार सम्बन्धी लागानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम पनि सम्पन्न भएको कम्पनीका अध्यक्ष अनोजराज पौड्यालले जानकारी दिए ।
कार्यक्रममा लागानीकर्तालाई स्टक एक्सचेन्च र कारोबार प्रणालीको बारेमा प्रशिक्षक विशाल अधिकारीले सहजिकरण गरेका थिए ।
यसअघि कम्पनीले बैशाख १८ गते पोखरामा धितोपत्र सेयर बजार सम्बन्धि लगानीकर्ता शिक्षा तथा सचेतना कार्यक्रम सम्पन्न गरेको थियो ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




