
काठमाडौं, २४ वैशाख । साताको सेयर कारोबार हुने पहिलो दिन आईतबार नेपाली सेयर बजारमा गिरावट भएको छ । सेयर बजार राताम्मै भएको छ भने कारोबार रकम पनि निकै घटेको छ । कारोबार झण्डै आधा अर्बको हाराहारीमा आएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १९.१२ अंकले घटेर १८५०.६१ विन्दुमा झरेको छ । नेप्सेमा १.०२ प्रतिशले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ३.१४ अंकले घटेर ३५४.७८ विन्दुमा रहेको छ ।
यसदिन कुल २६३ वटा कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको २० लाख १५ हजार ९५९ कित्ता सेयरको खरिदबिक्रीबाट ६० करोड ८१ लख ३५ हजार ९४ रुपैयाँ १३ पैसा बराबरको कारोबार भएको छ ।
१३ वटै उपसमूहहरु राताम्मै भएको छन् । उनीहरु सबैको सेयर घटेको छ । कारोबारको आधारमा सबैभन्दा बढी शिवम सिमेन्ट लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३ करोड २२ लाख ३७ हजार ६०७ रुपैयाँ ५० पैसा बराबरको कारोबार भएको हो ।
सबैभन्दा धेरै आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य ८.२२ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै एनएमबि डिबेन्चर ८.५० प्रतिशत २०८७÷२०८८ को सेयरमूल्य घटेको छ । सो डिबेन्चरको सेयरमूल्य ८.८३ प्रतिशतले घटेको हो ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




