सिटि होटलकाे आईपीओमा आजदेखि आवेदन खुल्ला

-



     सफल आवाज    
     वैशाख २५ गते २०८० मा प्रकाशित



काठमाडौं, २५ वैशाख । सिटि होटल लिमिटेडले आजदेखि सर्वसाधारण लागि सेयर आईपीओ निष्काशन गरेकाे छ। यसअघि कम्पनीले वैदेशिक रोजगारमा गएकाहरुका लागि सेयर निष्काशन गरिसकेकाे छ ।

जारी पूँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँको १० प्रतिशतले हुने १६ करोड ७४ लाख रुपैयाँ बराबरको १६ लाख ७४ हजार कित्ता छुट्याएकोमा पहिलो चरणमा १ लाख ६७ हजार ४०० कित्ता वैदेशिक रोजगारमा गएकाहरुकाे लागि बाँडफाँड भइसकेकाे छ ।

यसमा ८३ हजार ७०० कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ । ६६ हजार ९६० कित्ता कर्मचारीहरुका लागि रहेकाे छ। बाँकी रहेको १३ लाख ५५ हजार ९४० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन पाउनेछन्।

इच्छुक लगानीकर्ताले बैशाख २८ गतेसम्म आवेदन दिन पाउनेछन्। ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा जेठ ८ गतेसम्म आवेदन दिन पाइनेछ। सेयरमा घटीमा १० तथा बढीमा २ हजार कित्ता माग गर्न सकिनेछ ।

सेयर भर्नका लागि सेबाेनबाट अनुमति लिएका सिआस्बा सदस्य रहेका बैंक तथा वित्तीय संस्था र ताेकिएका शाखाहरुबाट का आवेदन दिन पाइनेछ । साथै मेराे सेयर अनलाइनबाट पनि आवेदन दिन सकिनेछ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।