घट्यो अमेरिकी डलरको भाउ, यूरोलगायत अन्य देशको बढ्यो

-



     सफल आवाज    
     वैशाख २६ गते २०८० मा प्रकाशित



काठमाडौं, २६ वैशाख । नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउमा सामान्य गिरावट भएको छ । यूरो लगायतका अन्य देशको मुद्राको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ५८ पैसा बिक्रिदर १३१ रुपैयाँ १८ पैसा रहेको छ । यूरो १ को खरिददर १४४ रुपैयाँ २६ पैसा र बिक्रीदर १४४ रुपैयाँ ९२ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ३७ पैसा र बिक्रीदर १६६ रुपैयाँ १३ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४७ रुपैयाँ २ पैसा र बिक्रीदर १४७ रुपैयाँ ६९ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ६९ पैसा र बिक्रीदर ८९ रुपैयाँ १० पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ पैयाँ ८६ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३१ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ६२ पैसा र बिक्रीदर ९९ रुपैयाँ ७ पैसा रहेको छ ।

आजको मूल्यसूची :