बढ्यो सुनको भाउ, चाँदीको स्थिर, कति पर्छ ताेलाकाे ?

-



     सफल आवाज    
     वैशाख २६ गते २०८० मा प्रकाशित



काठमाडौं, २६ वैशाख । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ३ सयले बढेको हाे। चाँदी स्थिर भाउमा कारोबार भईरहेको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख १० हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि यसदिन तोलामा रुपैयाँ ३ सयले बढेर तोलाको १ लाख १० हजार ६ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख १० हजार ३ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ आज स्थिर रहेको छ । यसरी स्थिर रहेको चाँदी तोलाको १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार पनि सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ४५ रुपैयाँमा नै कारोबार भएको थियो ।