काठमाडौं, २६ वैशाख । साताको सेयर कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली सेयर बजारमा सकारात्मक लय देखिएको छ । नेप्सेमा आएको सकारात्मक माहौलले लगानीकर्ताहरुमा उत्साह थपिएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १०.६६ अंकले बढेर १८४४.३६ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.५८ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स १.८७ अंकले बढेर ३५४.२५ विन्दुमा पुगेको छ ।
यसदिन १३ उप समूहहरुमानै हरियाली छाएको छ । उनीहरु सबैको सेयर बढेको छ ।
यसदिन कुल २६९ कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको २८ लाख ३६ हजार १३९ कित्ता सेयरको खरिदबिक्रीबाट ७७ करोड ४७ लाख ६० हजार ६४७ रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी हिमाल दोलखा हाइड्रोपावर कम्पनीको कारोबार भएको छ । कम्पनीको ६ करोड ९६ लाख २५ हजार ९१३ रुपैयाँ बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै पिपुल्स पावर लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पीको सेयरमूल्य ६.४७ प्रतिशतले बढेको छ । सबैभन्दा धेरै यूनिक नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ८.६८ प्रतिशतले घटेको छ ।

