बढ्यो अमेरिकी डलरको भाउ, यूरो घट्यो, अन्यको कस्तो ?

-



     सफल आवाज    
     वैशाख २७ गते २०८० मा प्रकाशित



काठमाडौं, २७ वैशाख । नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउमा बृद्धि भएको छ । यूरो लगायतका केहि देशको मुद्राको भाउ घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ९७ पैसा बिक्रिदर १३१ रुपैयाँ ५७ पैसा रहेको छ । यूरो १ को खरिददर १४३ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ४६ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६५ रुपैयाँ २८ पैसा र बिक्रीदर १६६ रुपैयाँ ४ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५६ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ५८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ९८ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँँ ८८ पैसा र बिक्रीदर ९८ रुपैयाँ ३३ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ७७ पैसा र बिक्रीदर ९९ रुपैयाँ २२ पैसा रहेको छ ।

आजको मूल्यसूची :