हिमाल दोलखा हाइड्रोपावरकाे सेयरमूल्य नेप्सेमा समायोजन

-



     सफल आवाज    
     वैशाख २७ गते २०८० मा प्रकाशित



काठमाडौं, २७ बैशाख । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सेयरमूल्य नेप्सेमा समायोजन भएको छ। कम्पनीले हकप्रद सेयर जारि गर्नका लागि बुकक्लोज गरेपछि आज सेयरमूल्य समायोजन गरीएकाे हाे ।

हिमाल दोलखा हाइड्रोपावर बुधबार ७५ प्रतिशत हकप्रद सेयर समायोजन भएको हो। सेयर समायोजन भएपछि नयाँ १५१ रुपैयाँ १४ पैसा कायम भएकाे छ। नेप्सेले अघिल्लो कारोबारको अन्तिम मूल्यलाइ आधार बनाएर नयाँ सेयरमूल्य कायम गरेकाे हाे। मंगलबार कम्पनीको सेयर प्रतिकित्ता १८९ रुपैयाँ ५० पैसामा अन्तिम कारोबार भएको थियो।

चुक्ता पूँजी १ अर्ब ६० करोड रुपैयाँ रहेको कम्पनीले हाल कायम १० कित्ता सेयर बराबर नयाँ ७.५ कित्ताकाे रेसियाेमा हकप्रद जारि गर्नेछ । जस अनुसार १ अर्ब २० करोड रुपैयाँ बराबरको १ करोड २० लाख कित्ता हकप्रद सेयर निष्काशन गरिनेछ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ।