सुनको भाउ रुपैयाँ ४ सयले महंगियो, चाँदीको स्थिर

-



     सफल आवाज    
     वैशाख २७ गते २०८० मा प्रकाशित



काठमाडौं, २७ वैशाख । साताको सुनचाँदीको कारोबार हुने चौथो दिन बुधबार नेपाली सुनचाँदी बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसयी महासंघका अनुसार छापावाल सुनमा यसदिन रुपैयाँ ४ सयले बढेको छ । चाँदी मंगलबारकै भाउमा कारोबार भईरहेको छ ।

छापावाल सुनमा रुपैयाँ ४ सयले बढेर तोलाको १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि मंगलबार छापावाल सुन तोलाको १ लाख ११ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ४ सयले बढेर तोलाको १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार तेजाबी सुन तोलाको १ लाख १० हजार ६ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीको भाउ आज स्थिर रहेको छ । यसरी भाउ स्थिर रहेको चाँदी तोलाको १ हजार ४ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ४५ रुपैयाँमा नै कारोबार भएको थियो ।