बिहिबार घट्यो डलर र यूरोको भाउ, अन्यको कस्तो ?

-



     सफल आवाज    
     वैशाख २८ गते २०८० मा प्रकाशित



काठमाडौं, २८ वैशाख । नेपाल राष्ट्र बैंकले आज बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलर र यूरो लगायतका अन्य देशको मुद्राकाे भाउ घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३० रुपैयाँ ८८ पैसा बिक्रिदर १३१ रुपैयाँ ४८ पैसा रहेको छ । यूरो १ को खरिददर १४३ रुपैयाँ ३६ पैसा र बिक्रीदर १४४ रुपैयाँ २ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६५ रुपैयाँ ११ पैसा र बिक्रीदर १६५ रुपैयाँ ८६ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४६ रुपैयाँ ८७ पैसा र बिक्रीदर १४७ रुपैयाँ ५४ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ ३८ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७८ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँँ ७३ पैसा र बिक्रीदर ९८ रुपैयाँ १७ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ५७ पैसा र बिक्रीदर ९९ रुपैयाँ २ पैसा रहेको छ ।

आजको मूल्यसूची :