
काठमाडौं, २८ वैशाख । साताको सुनचाँदीको कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली बजारमा सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउमा रुपैयाँ १५ ले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ यसदिन स्थिर रहेर कारोबार भईरहेको छ । सुन तोलाको १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बुधबार पनि छापावाल सुन तोलाको १ लाख ११ हजार ६ सय रुपैयाँमा नै कारोबार भएको थियो ।
तेजाबी सुनको भाउ स्थिर रहि तोलाको १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार पनि तेजाबी सुन तोलाको १ लाख ११ हजार ५० रुपैयाँमा नै करोबार भएको थियो ।
महासंघका अनुसार चाँदीमा यसदिन तोलामा रुपैयाँ १५ ले घटेर तोलाको १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भईरहेको छ । बुधबार सेतो धातु चाँदी तोलाको १ हजार ४सय ४५ रुपैयाँमा कारोबार भएको थियो ।