नेप्सेमा झिनो अंकको गिरावट, ५८ करोडकाे कारोबार

-



     सफल आवाज    
     वैशाख २८ गते २०८० मा प्रकाशित



काठमाडौं, २८ वैशाख । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार नेपाली सेयर बजारमा झिनो अंकले गिरावट भएको छ । तीनवटा उपसमूह बाहेक बाँकी १० वटा राताम्मै भएका छन् । काराेबार रकममा पनि उल्लेखनीय प्रगति हुन सकेन ।

नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३.३४ अंकले घटेर १८३८.५९ विन्दुमा झरेको छ । नेप्सेमा ०.१८ प्रतिशतले गिरावट हुँदा सेन्सेटिभ इण्डेक्स ०.७१ अंकले घटेर ३५३.०९ विन्दुमा रहेको छ ।

१३ उपसमूहहरुमध्ये ३ वटामा हरियो लागेको छ । बाँकी १० वटामा रातो लागेको छ । उनीहरुकाे सेयर घटेकाे छ । यसदिन कुल २५९ कम्पनीको सेयर कारोबार भएको छ । उनिहरुको २१ लाख ५ हजार ६५७ कित्ता सेयरको खरिदबिक्रीबाट ५७ करोड ८८ लाख ४१ हजार ५९३ रुपैयाँ ५२ पैसा बराबरको कारोबार भएको छ ।

कारोबारको आधारमा सबैभन्दा बढी नेपाल दूरसंचार कम्पनी लिमिटेडको कारोबार भएको छ । कम्पनीको ३ करोड १५ लाख ६ हजार ३६३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

सबैभन्दा बढी आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य ६.१० प्रतिशतले बढेको छ । सबैभन्दा धेरै फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य घटेको छ । संस्थाको सेयरमूल्य ५‍‌.९९ प्रतिशतले घटेकाे छ ।