अमेरिकी डलरको भाउ बढ्यो, यूरो घट्यो, अन्यको कस्तो ?

-



     सफल आवाज    
     वैशाख २९ गते २०८० मा प्रकाशित



काठमाडौं, २९ वैशाख । नेपाल राष्ट्र बैंकले आज बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरकाे भाउ बढेकाे छ । यूरो लगायतका अन्य देशको मुद्राको भाउ भने घटेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ५ पैसा बिक्रिदर १३१ रुपैयाँ ६५ पैसा रहेको छ । यूरो १ को खरिददर १४३ रुपैयाँ १५ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८० पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६४ रुपैयाँ ७७ पैसा र बिक्रीदर १६५ रुपैयाँ ५२ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ २३ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २९ पैसा र बिक्रीदर ८८ रुपैयाँ ७० पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँँ ८१ पैसा र बिक्रीदर ९८ रुपैयाँ २५ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९९ रुपैयाँ ११ पैसा रहेको छ ।

आजको मूल्यसूची :