सुनको भाउ प्रतिताेला ८ सयले घट्याे, चाँदीमा पनि गिरावट

-



     सफल आवाज    
     वैशाख २९ गते २०८० मा प्रकाशित



काठमाडौं, २९ वैशाख । साताको सुनचाँदीको काराेबार हुने अन्तिम दिन शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउमा गिरावट भएको छ । सुनमा यसदिन रुपैयाँ ८ सय तथा चाँदीमा रुपैयाँ ५५ ले गिरावट भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ ८ सयले घटेर तोलाको १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि बिहिबार छापावाल सुन तोलाको १ लाख ११ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ८ सयले घटेर तोलाको १ लाख १० हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार तेजाबी सुन तोलाको १ लाख ११ हजार ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार चाँदीमा यसदिन रुपैयाँ ५५ ले गिरावट भई तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । बिहिबार सेतो धातु चाँदी तोलाको १ हजार ४ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।