
काठमाडौं, २९ वैशाख । नयाँ लाइसेन्स वितरणका विषयमा चलखेल हुन थालेका कुराहरु सुनिन थालेपछि नेपाल सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण प्रक्रियालाइ राेकेकाे छ । यसका बारेमा संसदमा पनि कुरा उठिसकेकाे छ।
नयाँ स्टक खाेल्नका लागि ३ वटा कम्पनीले आवेदन पेश गरेका थिए । यसका लागि ठूला व्यावसायीक घरनाहरुकाे आवेदन परेकाे थियाे । नयाँ स्टकका लागि राजनीतिक पहुँचका कुरा र चर्काे रस्साकस्सि हुन थालेपछि सरकारले तत्कालका लागि राेकने निर्णय गरेकाे हाे ।
नयाँ स्टकका लागि संसदमा कुरा उठिसकेपछि मन्त्रिपरिषदको मंगलबारकाे बैठकले तत्कालका लागि लाइसेन्स वितरण प्रक्रिया रोक्न भन्दै अर्थ मन्त्रालयलाई निर्देशन दिएकाे हाे । संसदमा राष्ट्रिय स्वतन्त्र पार्टी, स्वतन्त्र सांसद अमरेशकुमार सिंह लगायतले यसका बारेमा चासाे व्यक्त गरेका थिए भने उनीहरुले अरबौंको खेल भएको बताएका थिए ।
नयाँ स्टक खाेल्नका लागि हिमालयन स्टक एक्सचेन्ज, नेसनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले आवेदन पेश गरेका थिए ।
मन्त्रिपरिषद्ले गरेकाे निर्देशन विषयक पत्र आज धितोपत्र बोर्डलाई पठाइने मन्त्रालयले बताएको छ । मन्त्रालयकाे पत्र पाएपछि नियामक निकाय नेपाल धितोपत्र बोर्डले अब के गर्ने यसका बारेमा कदम चाल्नेछ ।