
काठमाडौं, ३१ वैशाख । साताको सुनचाँदीको कारोबार हुने पहिलो दिन आईतबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । यसरी स्थिर रहेको सुनचाँदी शुक्रबारकै भाउमा कारोबार भईरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुन तोलाको १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको बताएको छ । यसअघि शुक्रबार पनि नेपाली बजारमा सुनचाँदीको भाउ तोलाको १ लाख १० हजार ८ सय रुपैयाँमा नै कारोबार भएको थियो ।
तेजाबी सुनको भाउ पनि स्थिर रहेर तोलाको १ लाख १० हजार २ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार तेजाबी सुन तोलाको १ लाख १० हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।
महासंघका अनुसार यसदिन चाँदीको भाउ पनि स्थिर रहेको छ । यसरी स्थिर रहेको चाँदी तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । शुक्रबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।