कालिका लघुवित्तको कामु सीइओमा फणिन्द्र पाण्डे नियुक्त

-



     सफल आवाज    
     वैशाख ३१ गते २०८० मा प्रकाशित



काठमाडौं, ३१ बैशाख । पाेखरामा केन्द्रीय कार्यालय रहेकाे कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडकाे कामु प्रमुख कार्यकारी अधिकृतमा फणिन्द्र पाण्डे नियुक्त भएका छन ।

लघुवित्तको बैशाख २९ गते बसेको संचालक समितिको बैठकले भाेलि जेठ १ गतेदेखि लागू हुनेगरी युवा बैकर पाण्डेलाइ कामु सीइओको जिम्मेवारी दिएको हो । उनी यसअघि संस्थाकाे नायब प्रमुख कार्यकारी अधिकृतकाे जिम्मेवारीमा थिए ।

कालिका लघुवित्तकाे साेही दिनकाे संचालक समितिको बैठकले संस्थाका प्रबन्ध संचालक केशवनारायण प्रधानले दिएको राजिनामा पनि स्वीकृत गरेको जनाइएकाे छ ।