अप्पर स्याङ्गे हाईड्रोपावरकाे आईपीओ आजदेखि खुल्ला

-



     सफल आवाज    
     जेठ १ गते २०८० मा प्रकाशित



काठमाडौं, १ जेठ । अप्पर स्याङ्गे हाईड्रोपावरले आजदेखि सेयर (आईपीओ) बिक्रीमा ल्याएकाे छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका जनता र वैदेशिक रोजगारमा गएका नेपालीहरुका लागि सेयर निष्काशन गरेकाे हाे ।

कम्पनीका अनुसार जारी पूँजी २२ करोड रुपैयाँको १० प्रतिशतले २ करोड २० लाख रुपैयाँ बराबरको २ लाख २० हजार कित्ता साधारण सेयर निष्काशन गरिएकाे हाे ।

सेयरमा लमजुङ्गको मस्र्याङ्गदी गाउँपालिका अन्तर्गत साविकका घनपोखरा गाविस वडा नं १ र २, खुदी गाविस वडा नं ३, ताघ्रिङ्ग गाविस वडा नं ४, घेरमु गाविस वडा नं ५, बाहुन डाँडा गाविस वडा नं ६, भुलभुले गाविस वडा नं ७ र ८ तथा सिमपानी गाविस वडा नं ९० का बासिन्दाहरुले आवेदन दिन पाउनेछन्।

यस्तै ६५ लाख रुपैयाँ बराबरको ६५ हजार कित्ता साधारण सेयर वैदेशिम रोजगारमा गएकाहरुकाे लागि रशेकाे छ । यसका लागि लगानीकर्ताले घटीमा १० तथा बढीमा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्। वैदेशिक रोजगारमा गएकाहरुले ५० हजार कित्तासम्म माग गर्न पाउनेछन्।

आयोजन प्रभावित क्षेत्रका जनताले जेठ १६ गतेसम्म आवेदन दिन पाउनेछन्। ताेकिएकाे मितिसम्म माग अनुसारकाे आवेदन नपरेकाे खण्डमा ढिलोमा जेठ ३० गतेसम्म आवेदन दिन सकिनेछ । उता वैदेशिक रोजगारमा गएकाहरुले जेठ १६ गतेभित्र आवेदन दिन सक्नेछन् ।

कम्पनीले २.४ मेगावाटको माथिल्लो स्याङ्गे खोला साना जलविद्युत आयोजना निर्माण गरीरहेको छ । यसकाे लागत रु ५० करोड ४८ लाख रहेको छ । विद्युत उत्पादन गरिने अनुमति २९ वर्ष ७ महिना बाँकी छ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ।