बढ्यो सुनको भाउ, चाँदीको स्थिर, कतिमा हुँदैछ कारोबार ?

-



     सफल आवाज    
     जेठ १ गते २०८० मा प्रकाशित



काठमाडौं, १ जेठ । साताको सुनचाँदीको कारोबार हुने दोश्रो दिन सोमबार नेपाली बजारमा सुनको भाउ बढेको छ । चाँदीको भाउ भने स्थिर रहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनमा रुपैयाँ २ सयले बढेको हो । चाँदी आईतबारकै भाउमा कारोबार भईरहेको छ ।

यसदिन छापावाल सुनमा रुपैयाँ २ सयले बढेर तोलाको १ लाख ११ हजार रुपैयाँमा कारोबार भईरहेको छ । यसअघि आईतबार छापावाल सुनको भाउ तोलाको १ लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ २ सयले बढेर तोलाको १ लाख १० हजार ४ सय ५० रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार तेजाबी सुन तोलाको १ लाख १० हजार २ सय ५० रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीको भाउ स्थिर रहेको छ । यसरी भाउ स्थिर रहेको चाँदी तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भईरहेको छ । आईतबार सेतो चाँदी तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।