बढ्यो अमेरिकी डलर र यूरोको भाउ, अन्यको कस्तो ?

-



     सफल आवाज    
     जेठ २ गते २०८० मा प्रकाशित



काठमाडौं, २ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी डलरको भाउ र यूरोको भाउ बढेको छ । साथै अन्य देशकाे मुद्राकाे भाउ पनि बढेकाे छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ३८ पैसा बिक्रिदर १३१ रुपैयाँ ९८ पैसा रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ९० पैसा र बिक्रीदर १४३ रुपैयाँ ५५ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६४ रुपैयाँ २९ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४६ रुपैयाँ ५६ पैसा र बिक्रीदर १४७ रुपैयाँ २३ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ८६ पैसा र बिक्रीदर ८८ रुपैयाँ २६ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँँ २८ पैसा र बिक्रीदर ९७ रुपैयाँ ७२ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ २१ पैसा र बिक्रीदर ९८ रुपैयाँ ६६ पैसा रहेको छ ।

आजको मूल्यसूची :