शुक्रबार सिटी होटलको आइपीओ बाँडफाँड गरिदै, १० लाख बढीकाे हात रित्तै हुने

-



     सफल आवाज    
     जेठ ४ गते २०८० मा प्रकाशित



काठमाडौं, ४ जेठ । सिटी होटलको सेयर (आइपीओ) भाेलि शुक्रबार बाँडफाँड गरिने भएकाे छ । साे सेयर सिटी होटल छिन्नताला चोक, सोल्टीमोड काठमाडौंमा बिहान ८.३० बजे बाँडफाँड गरिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलले जनाएकाे छ ।

वैशाख २५ गतेदेखि २८ गतेसम्म निष्कासन गरिएकाे सेयरमा मागभन्दा बढी ९.४३ गुणा बढी निवेदन परेकाेले धेरैकाे हात खालि हुनेछ । अर्थात १० लाख २५ हजार ६८६ जनाको हात रित्तै हुनेछ । 

कम्पनीकाे सेयरमा ११ लाख ६१ हजार २८० जनाले १ करोड २७ लाख ८८ हजार ९९० कित्ता माग गरेका छन्। उनीहरुमध्ये १ लाख ३५ हजार ५९४ जनाले सेयर पाउनेछन् । होटलले वैशाख २५ गतेदेखि २८ गतेसम्म आइपीओ निष्कासन खुला गरेको थियो ।

जारी पुँजी १ अर्ब ६७ करोड ४० लाख रुपैयाँ रहेकाे छ । सर्वसाधारणका छुट्याइएको १६ लाख ७४ कित्ता सेयरबाट १ लाख ६७ हजार ४०० कित्ता सेयर वैदेशिक रोजगारमा गएकाहरुकेा लागि बाँडफाँड भइसकेकाे छ । 

यसमा ६६ हजार ९६० कित्ता कर्मचारीहरुका लागि रहेकाे छ । ८३ हजार ७ सय कित्ता सामूहिक लगानी कोषका लागि रहेकाे छ । बाँकी १३ लाख ५५ हजार ९४० कित्ता सेयर सर्वसाधारणका लागि रहेकाे छ ।

सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेकाे छ ।