खराब कर्जाकाे कारण अभियान लघुवित्तकाे नाफामा असर

-



     सफल आवाज    
     जेठ ४ गते २०८० मा प्रकाशित



काठमाडौं, ४ जेठ । अभियान लघुवित्त वित्तीय संस्थाले यसपटक घाटा व्यहाेरेकाे छ । सार्वजनिक भएकाे वित्तीय विवरणका अनुसार चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आउदा संस्थाले रुपैयाँ १ करोड २१ लाख ८० हजार नोक्सान व्यहोरेको हाे ।

संस्थाले गएकाे वर्ष साेहि अवधिमा १ करोड २ लाख रुपैयाँ नामा कमाएको थियाे । यस पटक १ करोड २१ लाख ८० हजार रुपैयाँ नोक्सान व्यहोरेको हाे । अभियानकाे खुद ब्याज आम्दानी घटेको छ । खराब कर्जा बढेपछि नाफामा असर परेकाे हाे । 

अभियानकाे खुद ब्याज आम्दानी १८.२६ प्रतिशतले घटेर ३ करोड २८ लाख रुपैयाँ कायम भएको छ । रुपैयाँ ९ करोड २१ लाख प्रोभिजनिङमा राखेपछि १२ करोड ४२ लाख रुपैयाँ सञ्चालन घाटा भएकाे छ ।

संस्थाकाे खराब कर्जा ०.४५ प्रतिशतले बढेर ४.६१ प्रतिशत भएकाे छ । इपीएस नाेक्सानी ६ रुपैयाँ ४९ पैसा रहेकाे छ ।