काठमाडौं, ४ जेठ । साताको सेयर कारोबार हुने पाँचौ दिन बिहिबार पनि नेपाली सेयर बजारमा हरियाली छाएको छ । नेप्सेको उकालोको यात्राले लगानीकर्ताहरुलाई उत्साहि बनाएको छ ।
नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक ३२.३० अंकले बढेर १८७७.३२ विन्दुमा उक्लिएको छ । नेप्सेमा १.७५ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ५.२३ अंकले बढेर ३५८.१८ विन्दुमा पुगेको छ ।
यसदिन सबै १३ वटै सूचकांकहरुमा हरियालीका साथ कारोबार रकममा पनि बृद्धि भएको छ । कुल २६४ कम्पनीहरुको सेयर कारोबार भएको छ । उनीहरुको ४४ लाख २२ हजार १८६ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब ४७ करोड ४७ लाख ६५ हजार ३८८ रुपैयाँ २१ पैसा बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी नेपाल टेलिकमको सेयर कारोबार भएको छ । कम्पनीको ८ करोड ६३ लाख ४८ हजार ४३६ रुपैयाँ ८० पैसा बराबरको कारोबार भएको छ ।
सबैभन्दा धेरै हिमालय उर्जा विकास कम्पनी लिमिटेडको सेयरमूल्य बढेको छ । कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेको हाे। सबैभन्दा धेरै एनआइबीएल ग्रोथ फण्डको सेयरमूल्य घटेको छ । सो फण्डको सेयरमूल्य ३.१४ प्रतिशतले घटेको हो ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




