
काठमाडौं, ५ जेठ । बूढानीलकण्ठ नगरपालिकाले वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेलाको तयारी पूरा गरेको छ । ज्ञान र सीप भएर पनि काम नगरी बसेका युवालाई मध्यनजर गर्दै नगरपालिकाले रोजगार मेला आयोजनाको तयारी गरेको हो ।
ज्ञान सीप र क्षमता भएका युवालाई लक्षित गरी १० हजार युवाले रोजगार मेलामा सहभागी जनाउने अनुमान गरिएको नगर प्रवक्ता नवराज भट्टराईले दिए। मेलामा उद्योग व्यवसायबाट १६, शैक्षिक सङ्घसंस्थाबाट पाँच, प्राविधिक शिक्षलयबाट १०, सामाजिक विकास मन्त्रालय दीगो विकास तथा सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रोबाट एक र नगरभित्रका विभिन्न व्यवसाय चार गरी कूल ४४ स्टलहरु मेलामा राखिने छन् ।
नगरप्रमुख मिठाराम अधिकारीले पढ्दै गरेका विद्यार्थी तथा युवा लक्षित गरी स्वदेशमै रोजगारी दिन र आत्मनिर्भर बन्न सहज होस् भनेर नगरले यस्तो योजनाअघि सारेको जनाए। उनले शिक्षा, सीप, श्रमसँग व्यवसायीलाई प्रत्यक्ष जोड्न सहज पुग्ने बताए।
आफ्नो मार्ग पहिचान गर्न, दीगो तथा सम्मानित रोजगारीका लागि सीप सिक्न, सीप सिकिसकेकाले रोजगारी प्राप्त गर्न, व्यवसायीले आफ्नो व्यवसाय अनुसारको जनशक्ति खोजी गर्नका लागि मेला आवश्यक रहेको नगर प्रमुख अधिकारीको भनाइ छ ।
नगर उपप्रमुख अनिता लामाले नागरिकका लागि रोजगारी दिने उद्देश्य, आर्थिक रुपमा सबल र सक्षम बनाउन र मानिसमा काम गर्ने क्षमता बढाउन वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेला गर्न लागिएको जानकारी दिए। मेला जेठ ६ र ७ गते नगरपालिका परिसरमा बिहान ७ देखि बेलुका ५ बजेसम्म हुनेछ ।








काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




