बढ्यो अमेरिकी डलर, यूरोलगायत विदेशी मुद्राको विनिमय दर

-



     सफल आवाज    
     जेठ ५ गते २०८० मा प्रकाशित



काठमाडौं, ५ जेठ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । यसदिन अमेरिकी, यूरोलगायतका देशहरुको मुद्राको भाउ बढेको छ ।

आजका लागि निर्धारण गरिएको मूल्यसूची अनुसार भारतीय रुपैयाँ १ सयको खरिददर १६० रुपैया र बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । भारतीय रुपैयाँसंग नेपाली मुद्राको सधैं स्थिर दर कायम गरिएकोले यो एउटै रहने गरेको छ ।

अमेरिकी डलर १ को खरिददर १३१ रुपैयाँ ८७ पैसा बिक्रिदर १३२ रुपैयाँ ४७ पैसा रहेको छ । यूरो १ को खरिददर १४२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४३ रुपैयाँ २७ पैसा रहेको छ ।

बेलायती पाउण्ड १ को खरिददर १६३ रुपैयाँ ९७ पैसा र बिक्रीदर १६४ रुपैयाँ ७२ पैसा रहेको छ । स्वीस फ्रयांक १ को खरिददर १४६ रुपैयाँ ४४ पैसा र बिक्रीदर १४७ रुपैयाँ ११ पैसा रहेको छ ।

अष्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ६१ पैसा र बिक्रीदर ८८ रुपैयाँ १ पैसा रहेको छ । क्यानेडियन डलर १ को खरिददर ९७ रुपैयाँँ ९० पैसा र बिक्रीदर ९८ रुपैयाँ ३४ पैसा रहेको छ ।

सिंगापुर डलर १ को खरिददर ९८ रुपैयाँ ३ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४८ पैसा रहेको छ ।

आजको मूल्यसूची :