गरिमा बैंककाे वित्तीय साक्षरता सम्बन्धी विशेष भिडियो सार्वजनिक

-



     सफल आवाज    
     जेठ ५ गते २०८० मा प्रकाशित



काठमाडौं, ५ जेठ । गरिमा विकास बैंकले वित्तीय साक्षरताका लागि जनचेतनामुलक विशेष भिडियो सार्वजनिक गरेको छ । आजभोली वित्तीय साक्षरताको अभावले नेपालमा डिजिटल ठगी सम्बन्धी विभिन्न घटनाक्रमहरु बढ्दै गईरहेको छ । यस्ता ठगहरुले सामाजिक संजाल एवं अनलाईन एपहरुको माध्यमबाट चिट्ठा परेको छ भन्दै विभिन्न प्रलोभन देखाई ठगी गरिरहेको पाईएको छ ।

मुख्यतः वित्तीय साक्षरता एवं जागरुकताको अभावले हुने यस्ता खाले ठगीमा प्राय सबै उमेर समूहहरु फस्ने गर्दछन् । यसलाई मध्यनजर गर्दै बैंकले आफ्नो आधिकारीक युटुब एवं अन्य सामाजिक संजालमार्फत डिजिटल ठगी सम्बन्धी जनचेतनामुलक भिडियो सार्वजनिक गरेको हो ।

करिब २ मिनेट लामो उक्त भिडियोमा एक शिक्षित युवा पनि कसरी यस्ता ठगीमा फस्न सक्छ भन्ने विषय देखाईएको छ ।

बैंकले उक्त भिडियोको प्रभावले आगामी दिनमा हुनसक्ने सम्भावित ठगीबाट केहि हदसम्म आम वित्तीय सेवा उपभोक्ता समुदायहरु थप सचेत हुने विश्वास राखेको छ ।

Video Link: https://www.youtube.com/watch?v=BZiiXKKi6UA