काठमाडौं, ८ जेठ । साताको सेयर कारोबार हुने दोश्रो दिन सोमबार नेपाली सेयर बजारमा सकारात्मक माहोल देखिएको छ ।
१३ उपसमूहमध्ये २ वटामा मात्रै रातो लागेको छ । अन्य सबैमा हरियो लागेको छ ।
कारोबार भने अघिल्लो दिनको तुलनामामा कम नै भएको छ । तर सेयर बजारमा आएको सकारात्मक लयले लगानीकर्ताहरुलाई भने उत्साही बनाएको छ ।
जानकारहरुका अनुसार यसपटककाे बजेटले पूँजी बजारका बारेमा सम्बाेधन गर्ने अपेक्षा गरिररहेकाे बेलामा सेयर बजारमा सुधारमा लक्षण् देखिएका छन् । जेठ १५ मा बजेट घाेषणा हुने भएकाेले सबैकाे लागि पर्ख र हेरकाे अवश्था रहेकाे छ ।
नेपाल स्टक एक्सचेन्ज नेप्सेका अनुसार नेप्से परिसूचक ८.१० अंकले बढेर १८९१.३१ विन्दुमा उक्लिएको छ । नेप्सेमा ०.३४ प्रतिशतले बृद्धि हुँदा सेन्सेटिभ इण्डेक्स ०.५४ अंकले बढेर ३५८.८८ विन्दुमा रहेको छ ।
यसदिन १३ उपसमूहहरुमध्ये २ वटामा रातो लागेको छ । उनीहरुको सेयर घटेको छ । बाँकी ११ उपसमूहहरुमा हरियो लागेको छ । उनीहरु सबैको सेयर बढेको छ ।
नेप्सेका अनुसार यसदिन २७२ वटा कम्पनीको सेयर कारोबार भएको छ । उनीहरुको ३४ लाख ९२ हजार ८३४ कित्ता सेयरको खरिदबिक्रीबाट १ अर्ब २७ करोड ६७ लाख ६३ हजार १२० रुपैयाँ बराबरको कारोबार भएको छ ।
कारोबारको आधारमा सबैभन्दा बढी शिवम् सिमेन्ट लिमिटेडको कारोबार भउको छ । कम्पनीको ७ करोड ३४ लाख ९८ हजार ४९४ रुपैयाँ बराबरको कारोबार भएको छ ।
यसदिन सबैभन्दा बढी आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयरमूल्य बढेको छ । संस्थाको सेयरमूल्य १० प्रतिशतले बढेका हो । सबैभन्दा धेरै ग्रीनलाइफ हाइड्रोपावर लिमिटेडको सेयरमूल्य घटेको छ । कम्पनीको सेयरमूल्य ७.३७ प्रतिशतले घटेको हो ।










काठमाडौं, ८ मङ्सिर। एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताअन्तर्गत समूह ‘बी’ को खेलमा पाकिस्तान ‘ए’ले…
पोखरा, ८ मंसिर। पोखरास्थित प्रादेशिक रक्त सञ्चार सेवामा देखिएको रगतको अभावलाई मध्यनजर गर्दै भोलि (बुधबार)…
पोखरा, ८ मंसिर। विश्व प्रतिजैविक प्रतिरोध सचेतना सप्ताह (नोभेम्बर १८–२४) को अवसरमा गण्डकी प्रदेश सरकार,…
काठमाडौं, ८ मङ्सिर। हिन्दुकुश हिमालय क्षेत्रको हिममण्डलमा भइरहेको तीव्र परिवर्तन, त्यसको प्रभाव र जोखिम न्यूनीकरणका… 




