८ सयले घट्याे सुनको भाउ, चाँदीमा पनि गिरावट

-



     सफल आवाज    
     जेठ ९ गते २०८० मा प्रकाशित



काठमाडौं, ९ जेठ । साताको सुनचाँदीको कारोबार हुने तेश्रो दिन मंगलबार नेपाली बजारमा सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ रुपैयाँ ८ सय तथा चाँदी रुपैयाँ १० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले यसदिन छापावाल सुनमा रुपैयाँ ८ सयले सस्तिएर तोलाको १ लाख ९ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको जनाएको छ । यसअघि सोमबार छापावाल सुन तोलाको १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।

तेजाबी सुनमा पनि रुपैयाँ ८ सयले गिरावट भई तोलाको १ लाख ८ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार तेजाबी सुन तोलाको १ लाख हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार यसदिन चाँदीमा रुपैयाँ १० ले घटेर तोलाको १ हजार ३ सय ६५ रुपैयाँमा कारोबार भईरहेको छ । सोमबार सेतो धातु चाँदी तोलाको १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।